नेपालमा ह्वात्तै बढ्यो कोरोना, आज एकैदिन २४४४ जनामा संक्रमण पुष्टि


काठमाण्डौँ, २७ पुस । नेपालमा मंगलबार २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६४८ पिसिआर परीक्षणका क्रममा १ हजार ९८१ जना र ४ हजार ३८५ एन्टिजेन परिक्षणका क्रममा ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६०७ जनाको मृत्यु भएको छ । त्यस्तै, थप ३१३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ७९८ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ५२२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्