उर्लाबारी नगरबाट संघसंस्था दर्ता सुरूवात गर्ने निर्णय


उर्लाबारी, २७ पुस । उर्लाबारी नगरपालिकाले संघसंस्था दर्ता ऐन २०७८ बमोजिम नगरबाट संघसंस्था दर्ता सुरूवात गर्ने निर्णय गरेको छ । नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीको अध्यक्षतामा आज बसेको कार्यपलिका बैठकले सो निर्णय गरेको हो ।

बैठकले आजै पहिलो पटक सरस्वती बहुउद्देश्य सेवा समाज समिति दर्ता गरेको छ । त्यस्तै बैठकले आर्थिक वर्ष २०७९/८०को लागि संघीय समपुरक अनुदान र बिशेष अनुदानका लागि योजना प्रस्ताव गर्ने, राजस्व परामर्श समितिको प्रतिवेदन स्वीकृत र आर्थिक वर्ष २०७७र७८ को संस्थागत क्षमता स्वमूल्यांकन स्वीकृत गर्ने निर्णय गरेको उपप्रमुखको निजी सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्