नेपाल तामाङ घेदुङ संघ उर्लाबारीमा राजकुमार


उर्लाबारी । नेपाल तामाङ घेदुङ संघ उर्लाबारीको अध्यक्षमा राजकुमार योञ्जन सर्वसम्मत चयन हुनु भएको छ । घेदुङका नगर बरिष्ठ उपाध्यक्षमा खड्गकुमारी मोक्तान, उपाध्यक्षमा चन्द्रमान तामाङ, सचिवमा मनमाया तामाङ र कोषाध्यक्षमा चित्रबहादुर तामाङलाई चयन हुनुभएको हो ।

त्यस्तै, सदस्यहरुमा मधुमाया मोक्तान, हेमबहादुर योञ्जन, धनबहादुर मोक्तान तामाङलगायत रहनु भएको निवर्तमान नगर अध्यक्ष राजु घिसिङ लामाले जानकारी दिनुभयो । प्रत्येक वडाबाट १/१ जना र भातृ संगठनबाट १/१ सदस्य मनोनित गरी समितिलाई पूर्णता दिइने निर्वाचन प्रमुख आयुक्त रुद्रबहादुर तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीयस्तरमा उर्लाबारी तामाङ घेदुङ अग्रणि संस्थाका रुपमा रहँदै आएकोले आगामी दिनमा पनि सामाजिक गतिविधिलाई निरन्तरता दिइरहन नयाँ कार्यसमितिलाई घेदुङका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्रजङ तामाङले आग्रह गर्नुभयो। उर्लाबारी तामाङ घेदुङकै अगुवाइमा मिस तामाङ प्रतिस्पर्धा हुँदै आएको छ भने पूर्वकै ठुलो बुद्ध मुर्तिसहितको बौद्ध गुम्बा उर्लाबारीमा सञ्चालनमा छ ।

घेदुङले जातीय हितमा मात्रै नभएर सामाजिक गतिविधिमा उल्लेखनीय भुमिका खेल्ने उपाध्यक्ष चन्द्रमान तामाङले बताउनुभयो । घेदुङको उद्घाटन सत्रमा तामाङ अगुवाहरु महेन्द्रजंग तामाङ, रुद्रबहादुर तामाङ, शोभितमाया तामाङ, राजु घिसिङ लामा लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्