आजबाट प्रेमगीत ३ विश्वभरका १२ सय बढी पर्दामा रिलिज



काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको सिनेमा शुक्रबारबाटै भारतलगायत विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो ।

हिन्दी डबको ‘प्रेमगीत ३’ नेपालमा भने घटस्थापनाबाट मात्र प्रदर्शनमा आउनेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको थियो ।

‘प्रेमगीत ३’को हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृंखलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीतसंगीतले पाएको लोकप्रियताका कारण ठूलो हाइप बनाएको छ । यसको प्रभाव सिनेमाको बक्सअफिसमा पर्ने निश्चित छ । आक्रामक अग्रीम टिकट बुकिङले पनि सिनेमाले कमाइमा रेकर्ड बनाउने संकेत गरिसकेको वितरक गोविन्द शाही बताउँछन् । सिनेमाको पहिलो दिनको कमाइ साढे २ करोड माथि हुने अनुमान उनको छ ।

सिनेमाले शुक्रवार र शनिबार ठूलो कमाइ गर्नेमा दुईमत छैन । देशभरका अधिकांश सिंगल हल कब्जा गरेको सिनेमाले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ । आइतबारबाट भने सिनेमालाई दर्शकको वर्ड अफ माउथले लामो रेशको घोडा बनाउनुपर्नेछ । विश्वभरका १२ सय बढी पर्दामा रिलिज भएको सिनेमाले लामो समयसम्म दर्शकको साथ पाउने विश्वास निर्माता तथा निर्देशक सन्तोष सेनलाई छ ।

प्रतिक्रिया दिनुहोस्