जता हेरेपनि हजुर पुर्वै रमाइलो ! सफल गायिका शृष्टी हिङमाङ


जता हेरेपनि हजुर पुर्वै रमाइलो ! यो गित नसुन्ने सायदै कोहि होला , पुर्बी रमाइलो पुर्बेली भाकामा बनेको गीत हो। पुर्बेली संगीत, कला, सस्कृति, भौगोलिक बिशेषता र पुर्बका विभिन्न ठाउहरुलाइ समेटेको गित हो यो। यसर्थ यो गित पुर्बेली गाथा भन्दा पनि फरक नपर्ला। गौरब दर्पणको शब्द, कमला खनाल रिजालको संगीतमा र गौरभ दर्पणको आवाजमा रहेको यो गीत हरेक पुर्बेली, हरेक नेपालीको जिब्रोमा झुण्डिएको गित हो। यसै गीतकी गायिका जसले थुप्रै एल्बम र कलेक्सन गीतहरु आफ्नो सुमधुर आवाज दिएर आफुलाई एक अब्बल गायिका भनेर चिनाउन सफल गायिका शृष्टी हिङमाङसँग गरिएको कुराकानी ।

अहिले के मा ब्यस्त हुनुहुन्छ?
– अहिले गीत सङ्गितमै ब्यस्त छु। केहि नया गीतहरुको तयारी हुदैछ ।

गीत संगित अलवा अरु के गर्नु हुन्छ?
– पहिलो कर्म त गीत सङीतमै हुन्छ त्यसपछि बाकि समय परिवारलाई दिन्छु ।

साङ्गित र परिवार एकैसाथ लैजान कत्तिको गार्हो छ?
– मेरो हकमा त्यति गार्हो छैन किनकी मेरो परिवार पनि गीत सङ्गितलाई मन पराउनु हुन्छ । परिवारमा सबैजना सपोर्टिभ हुनुहुन्छ । समय ब्यबस्थापन गर्न सक्नु मात्र चुनौति छ मेरो लागि ।

कति समय भयो गित सङ्गितमा लाग्नु भएको ?
– गीत गाउन थालेको बच्चै बेला देखि हो तर सङ्गितको औपचारिक शिक्षा ११ बर्षको उमेरबाट लिन थाले । ब्यबासायिक रुपमै गीत सङ्गितमा लागेको चाहि १४/१५ बर्ष भैसक्यो

साङ्गितिक कार्यक्रमको लागि कहा -कहा जानु भएको छ ?
– नेपाल भित्र बिशेष गरि पुर्बका सबै जिल्लाहरुमा गएको छु । झापा, मोरङ्ग, सुनसरी, इलाम, ताप्लेजुङ, पाचथर, भोजपुर, धनकुटा लगायतका थुप्रै ठाउहरुमा करिब २०० बढि कन्सर्टहरुमा आफ्नो प्रश्तुति दिई सकेकी छु । बिदेशमा हङ्कङ, कतार, भारतका बिभिन्न ठाउहरुमा पनि प्रोग्राम गरि सकेकि छु।

तपाईले गरेका कन्सर्टहरुमा सबैभन्दा रमाइलो लागेको कुन ठाउमा हो?
– सबै ठाउमा नै रमाइलो हुन्छ । आफ्ना दर्शक ,श्रोता र फ्यानहरु सङ्ग सात्क्षात्कार हुन पाउदा त्यो नै रमाइलो हुन्छ । तरपनि हङ्कङमा प्रोग्राम गर्दा धेरै रमाईलो भएको थियो । प्रबासी नेपालि हरुले नेपालि कलाकार , नेपाली कला सस्कृतिलाई औधि माया गरेको पाए । त्यसमा पनि हाम्रो लोक गीत सङ्गितलाई झनै माया गर्नु हुने रैछ ।

तपाईको लोक गीत पुर्बै रमाईलो सदाबहार चर्चित गीत हो ? तपाइलाई कस्तो प्रकारको गायिका भनेर चिन्ने ?

– म लोक गीत बाट चिनिएकि गायिका तर पनि मैले सबै खाले गीतहरु गाएकि छु , लोक आधुनिक, पप यसर्थ मलाई गायिका मात्र भन्दा हुन्छ ।

तपाई गायिका नभएको भए के बन्नु हुन्थ्यो ?
– म सायद डान्सर हुन्थे होला । मलाइ डान्स गर्न अति मन पर्छ । (हास्दै …) तर नाच्न चाहि खासै आउदैन ।

तपाईलाइ कुनै दिन याद छ जुन दिन गीत सङ्गितमा लागेकै कारण असाध्यै खुसि हुनु भएको?
– म हरेक परिस्थिमा खुसि हुन सक्ने मान्छे हो । गीत सङ्गितमै लागेर खुसि भएका धेरै पलहरु भएता पनि मेरो चर्चित गीत पुर्बै रमाईलो बाट बेष्ट फिमेल भोकलको अवार्ड पाउदा असाध्यै खुसी भएकी थिए ।

नेपालमा गीत सङितलाई नै पेशा बनाएर बाच्न सक्ने अवस्था छ?
– नेपालमा सन्दर्भमा गार्हो छ । थोरै कलाकार हरु छन जसले यसैलाई पेशा बनाउनु भएको छ ।

अहिले प्रोग्रामहरुमा कत्तिको ब्यस्त हुनुहुन्छ?
– कन्सर्ट हरुको लागि आउछ्न अफरहरु । प्रोग्रामहरु गरि रहेकि नै छु तुलनात्मक रुपमा पेण्डामिक पछाडि अलिक कम भै रहेको छ । तर पनि ठिकै छ । केहि बिदेशका कन्सर्टहरुको लागि कुरा भैरहेको छ्।

तपाईका बिचारमा जिवन के हो?
– जिवन धेरै रङग हरुको मिश्रण हो । जसरी हाम्रो धेरै रङगहरुमा कुनै रङ्ग बिषेस मन पर्ने हुन्छ त्यसरी नै जिवनमा मनपर्ने समय, पल र खुसि हरु आउछ्न । जसरी रङहरु पनि कति मन नपर्ने हुन्छ्न त्यसैगरि जिवनमा पनि हामि मन नपर्ने चिजहरुको पनि सामना गर्नु पर्छ । त्यसैले जिवन रङ जस्तै हो ।

अन्त्यमा तपाईका दर्शक श्रोता र हाम्रा पाठक हरुलाई के भन्न चाहनु हुन्छ ?

– सबैभन्दा पहिले त तपाईलाई धन्यवाद । मेरो कुराहरु राख्ने मौका दिनु भयो । मेरा शुभचिन्तक र दर्शकहरुलाई बिशेष धन्यवाद । यहाहरुले मेरो गीतहरु मन पराईदिनु भएको छ । आगामि दिनमा अझै राम्रा राम्रा गीत सङ्गित हरु पस्कने छु अझै माया गरिदिनुहोला भन्न चाहन्छु ।

आफ्नो ब्यस्त समय हामिलाई दिनुभयो यहालाई धन्यवाद
– हस तपाइलाई र तपाईको मिडियालाइ पनि धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्