लायन्सद्धारा विद्यार्थीलाई ट्रयाक सुट र कम्प्युटर प्रदान


झापा, २६ पुस । दमकको लायन्स क्लव अफ मिड टाउनले इलामको चुलाचुली – ६ स्थित गीताञ्जली आधारभूत विद्यालयका ९३ जना विद्यार्थीहरुलाई एक कार्यक्रम गरी ट्रयाक सुट न्यानो कपडा वितरण गरेको छ ।

सोही अवसरमा खाजाका सेटहरु पनि वितरण भएको छ । लायन्स क्लव अफ इन्टरनेशनलका सस्थापक मेल्वन जोन्सको जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रम गरिएको मिड टाउनका अध्यक्ष बद्री बरालले जानकारी दिनुभयो । यसैं कार्यक्रममा दमकको लायन्स क्वल अफ श्री अन्तुले पनि सो विद्यालयलाई प्रवधिमैत्री बनाउन सहयोग स्वरुप एक थान कम्प्युटर सेट उपलल्ध गरेको छ ।

विद्यार्थीहरुलाई मास्क र सेनीटाईजर समेत वितरण गरेको छ । सो कार्यक्रममा मिड टाउनका अध्यक्षका छोरा डोनाल्सन बरालले आफ्नो छैंठौं जन्मोत्सवका अवसर पारेर उक्त कार्यका लागि आर्थिक सहयोग गर्नु भयो । मेल्वन जोन्सको जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरि लायन्स सप्ताह सञ्चालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्