जग्गा प्रदान गर्न उर्लाबारी नपा र भुमि आयोगबीच सम्झौता


उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका र राष्ट्रिय भुमि आयोगबीच जग्गा धनीपुर्जा वितरण तथा नापी सम्वधी समझौता भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन र जग्गा नापजाँच सम्बन्धी समझौता भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो ।

पालिकाले भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठको उपस्थितिमा भुमि आयोगका अध्यक्ष केशव निरौला र मेयर फागोबीच समझौता भएको हो ।

सम्झौता पश्चात मेयर फागोले माघ महिनादेखी नै आयोगले तोकेका भुमीहिनहरुलाई धनिपुर्जा वितरणको प्रक्रियामा नगरपालिका लागि पर्ने प्रतिक्रिया दिनुभयो ।
भुमिहिन सम्वधी ऐन २०२१ को संशोधित रुप अनुसार गठित भएको आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सम्बोधन गर्ने गरी मोरङको उर्लाबारी सहित देशभरका ६८ वटा पालिकाहरूले समझौता गरेका छन् ।

मोरङमा उर्लाबारीसहित कानेपोखरी गाउपालिका, पथरीशनिश्चरे नगरपालिका, बुढिगगा गाउपालिका, सुन्दरहरैचा नगरपालिका, रतुवामाई नगरपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्