दमक ६ मा खेलकुद महासंघको वडा अधिबेशन, अध्यक्षमा निशान राई



दमक । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासङ्घ दमक वडा नम्बर ६ को प्रथम वडा अधिबेशन मंगलबार सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष टीका सापकोटाको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यतामा अधिबेशन भएको हो ।

अधिबेशनले निशान राईको अध्यक्षतामा १७ सदस्यीय खेलकुद महासङ्घ वडा कमिटि गठन गरेको छ । नवनियुक्त पदाधिकारीको सफथ ग्रहण नेपाल खेलकुद महासङ्घ प्रदेश कमिटी सदस्य मनिसा ओडारी अनुले गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्