बिद्यालयमा अनिवार्य सेनेटरी प्याड र चेन्जिङ रूमको ब्यवस्था मिलाउन अनुरोध


उर्लाबारी, २६ पुस । उर्लाबारी नगरपालिकाले समाबेशी शिक्षाका लागि शिक्षक तथा सहयोगी कार्यकर्ताहरूलाई एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरर्गत नगरपालिकाले नगर भित्रका बिद्यालयका प्रध्यानाध्यापक, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षकलाई समाबेशी शिक्षा कसरी लागू गर्ने, अपाङ्गता भएका बिध्यार्थीको मनोभावना बुझेर कसरी शिक्षा प्रदान गर्ने लगायतको बिषयमा तालिम सञ्चालन गरिएको हो । तालिममा उर्लाबारी नगरपालिका उप–प्रमुख लक्ष्मीदेवी भण्डारीले बिद्यालयमा अनिवार्य रूपमा निशुल्क सेनेटरी प्याड र चेन्जिङ रूमको ब्यवस्था मिलाउन अनुरोध गर्नु भएको छ ।

उहाँले अपाङ्गता रहर नभइ बाध्यताले हुने हुदा बिद्यालय तहदेखि नै सपाङ्ग सरह जिउन सक्ने आधार बनाउन बिद्यालयको भुमिका आवश्यक रहेको बताउनु भएको छ । उर्लाबारी नगरपालिका उप–प्रमुख लक्ष्मीदेवी भण्डारीको सभापतित्वमा सम्पन्न तालिममा शिक्षा शाखा प्रमुख अशोक घिमिरेले सहजिकरण र महिला बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्वाले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्