पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ असोजमा हुने


पथरी । पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता असोज २२ गतेदेखि सञ्चालन हुनेभएको छ ।

आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितिले शनिबार पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिएको हो ।

पथरीशनिश्चरे– १ जाँते मोडमा अवस्थित पथरी रंगशालामा हुने प्रिमियर लिगमा ८ वटा टिमबीच घमासान प्रतिस्पर्धा हुनेछ । जसमा सात बाघ, मंगलबारे लिजेन्ड, हिसाव किताब ट्राईडेन्ट, रोयल किङ्गस, विरेन्द्रनगर स्टिल टाईगर्स, बुद्ध युनाइटेड, क्लासिक ११ हसन्दह, आइतबारे अस्त्र रहेका छन् ।

खेलमा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्