सह–महामन्त्री फागोद्धारा कांग्रेस चौविसेको पार्टी कार्यालय उद्घाटन


धनकुटा । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री युवा नेता खड्ग फागोले नेपाली कांग्रेस चौविसे गाउँपालिका धनकुटाको पार्टी कार्यालय उद्घाटन गर्नुभएको छ ।

शनिवार सह–महामन्त्री फागोले पार्टी कार्यालय उद्घाटन गर्दै प्रदेश नं. १ मा आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरु जनहितका काममा जुट्न आवश्यक रहेको औल्याउनुभयो । आगामी निर्वाचन काँग्रेसको पक्षमा पार्न सबै नेता कार्यकर्ता एकजुट भएर अघि बढ्नुको बिकल्प नरहेको फागोले बताउनुभयो ।

पार्टीलाई सशक्त र चलयमान बनाउन लागि परेको उहाँले उल्लेख गर्नुभयो । चौविसे गाउँपालिकाका सभापति बिजु राईको सभापतित्वमा भएको उक्त कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका स्थानीय, जिल्लालगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्