एमाले अध्यक्ष ओली आज झापा आउने


झापा, २५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउनुहुने भएको छ । ओलीका संसद प्रतिनिधी एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार १२ बजे भद्रपुरमा नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि आफ्नो निर्वाचन क्षेत्र झापाा ५ को कमल गाउँपालिका ७ गेउरियामा निर्माणाधिन आयूर्वेदिक औषधालयको निरीक्षणको कार्यक्रम छ । कमल गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीका अनुसार त्यसपछि वडा नं २ क्याम्पा स्थित तोपगाछी खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले आजै झापा क्षेत्र नं ४ झिलझिले स्थिती वाटर किङडम पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली आजै अपरान्ह चार बजे भद्रपुरबाटै काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्