पाथीभरा पञ्चकन्या मन्दिर उर्लाबारीको अध्यक्षमा गुँरागाई


उर्लाबारी, २४ पुस ।श्री पाथीभरा पञ्चकन्या देवी मंन्दिर व्यवस्थापन समिति उर्लाबारी–७ बैसाबारीको आज भएको चौथो चुनावी साधारण सभाले खगेन्द्रप्रसाद गुँरागाईको अध्यक्षतमा सर्वसम्मत नयाँ कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा बेदप्रसाद सिवाकोटी, सचिवमा रमेश निरौला, कोषाध्यक्षमा पदम खुलाल, सह–सचिवमा जितेन धिमाल तथा सदस्यहरुमा माधवप्रसाद भट्टराई, धर्मप्रसाद गौतम, मेदनी चिमरीया, निता कोईराला, कमला खतिवडा रहेका छन ।

समितिका तत्कालीन अध्यक्ष कृष्णबहादुर लिम्बुको अध्यक्षता तथा उर्लाबारी नगरपालिका वडा नं.–७ का अध्यक्ष बिरबल थापाको प्रमुख आतिथ्यतामा भएको उक्त सभाले आर्थीक बर्ष २०७७/०७८ को अध्यक्ष लिम्बुद्धारा प्रस्तुत प्रगति तथा नयाँ कार्य योजनाको प्रतिवेदन, लेखा समितिका संयोजक डम्वर भट्टराईले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष बद्रीविक्रम सुवेदीले प्रस्तुत गरेको आर्थीक प्रतिवेदन सुझाव सहित पारीत गरेको निवर्तमान सचिव द्रोणबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्