प्याब्सन स्थापना दिवसमा उर्लाबारीमा रक्तदान


उर्लाबारी, २४ पुस । निजी तथा आवासिय बिद्यालयहरुको संगठन (प्याब्सन) नेपालको ३१ औँ स्थापना दिवसका अवसरमा आज नगर प्याब्सन उर्लाबारीले रक्तदान, शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रम गरी मनाएको छ ।

सो संगठनका नगर अध्यक्ष दिनेश पोख्रेलको अध्यक्षता तथा प्याब्सनका केन्द्रिय सदस्य लेखनाथ भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी भट्टराई, प्रदेश नं. –१ का सह–सचिव केदार खनाल, जिल्ला अध्यक्ष सितला सुब्बा, नगर शिक्षा समितिका सदस्य बिजय कार्की, होटल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष मनोहरी दाहाल, नेपाल रेडक्रस सोसाईटी सभापति मदनबाबु प्रसाई सहितका वक्ताले प्याब्सनले निजी क्षेत्रका शैक्षिक बिकासमा गरेको कार्यको प्रशंशा गर्नुभएको थियो ।

यसैगरी प्याब्सनले उर्लाबारीमा शनिबार नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमा ६२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक यादव भण्डारीले बताउनुभएको छ । आजै साँझ उर्लाबारी चौकको राउण्ड अवाउट परिसरमा दिप प्रज्वलन र सरसफाई कार्य समेत गरेको नगर प्याब्सनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्