रतुवामाई नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच सम्झौता


रतुवामाई, २४ पुस । मोरङको रतुवामाई नगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासि लाई जग्गा वितरण गर्ने सम्झौतामा शनिवार हस्ताक्षर भएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासि लाई जग्गा वितरण गर्ने र अव्यवस्थित व्यवस्थापन गर्ने सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको उपस्थितिमा काठमाण्डौँमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र रतुवामाई नगरपालिका नगर प्रमुख रविन राई बिच कार्य सहमति पत्र हस्ताक्षर र आदान प्रदान गरिएको छ ।

सम्झौतापछि अब नगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासिलाई जग्गा वितरण गर्ने र अव्यवस्थित व्यवस्थापन गर्ने कार्य तिब्र रुपमा अघि बढ्ने नगर प्रमुख राईले कोशी दैनिकलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्