एमाले मोरङको नवौँ अधिवेशनको बन्द सत्र हुँदै


विराटनगर, २३ पुस । नेकपा एमाले मोरङको नवौँ अधिवेशनको बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा नेकपा एमाले मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पेस गर्ने र प्रतिवेदन माथि छलफल गर्नका लागि समिति बनाएर शुक्रवार राति ९ बजे देखी अधिवेशन स्थगन गर्ने जनाइएको छ ।

शनिवार बिहान ८ बजे देखी सुरु गरिने अध्यक्ष पोख्रेलले बताउनु भयो । उहाँका अनुसार शनिवार प्रतिवेदनमाथि छलफल गरी पारित गर्दै नयाँ कार्य समिति चयन गर्दै जिल्ला अधिवेशन समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्