उर्लाबारीको गोदावरी हस्पिटलमा जटिल पत्थरीको शल्यक्रिया



उर्लाबारी – उर्लाबारीको गोदावरी हस्पिटलले पहिलोपटक मृगौलामा भएको पत्थरीको सफल शल्यक्रिया गरेको छ । हस्पिटलले मोरङ पथरीशनिश्चरेकि १७ वर्षीया लक्ष्मीदेवी घिमिरेको ८ दशमलव ५ एमएमको पत्थरीको शल्यक्रिया गरिएको जनाएको छ ।

अस्पतालका युरोलोजी सर्जन इकबाल अहमद, सर्जन प्रमोद गुरुङ र एमडी एनेस्थोलोजिस्ट रवीन्द्र साहको समुहले दुरबिन प्रविधिबाट बिना चिरफार जटिल पत्थरीको अप्रेसन सफल गरेको जनाइएको छ । मोरङमा विराटनगरबाहिर सम्भवतः पहिलोपटक यस्तो जटिल शल्यक्रिया गोदावरी हस्पिटलले सफल पारेको हस्पिटलका अध्यक्ष डा. सुर्यनारायण साहले बताए ।

उर्लाबारीमै जटिल पत्थरीको शल्यक्रिया भएपछि किशोरीका अभिभावकले खुसी व्यक्त गरेको अस्पताल प्रशासनले जनाएको छ । गोदावरी हस्पिटलमा पित्तथैलीको पत्थरीको शल्यक्रिया भने यसअघि नै हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्