उर्लाबारीमा सक्रिय बन्दै नेकपा एस, युवाहरुसँग छलफल


उर्लाबारी, २३ पुस । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) उर्लाबारीमा सक्रिय बनेको छ ।आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एसले उर्लाबारीमा आफ्नो संगठन बिस्तारलाई तिब्र बनाएको छ ।

यसैक्रममा आगामी माघ ८ गते हुने प्रशिक्षण कार्यक्रमलाई लक्षित गर्दै आज पार्टी निकट युवा संघका नेता कार्यकर्तासँग छलफल गरेको छ । उर्लाबारी ५ स्थित नेकपा एसको नगर पार्टी कार्यालयमा छलफल भएको हो । छलफलमा पार्टीका प्रदेश, जिल्ला र नगर स्तरका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

नेकपा एसले उर्लावारीमा १ हजार क्रियाशील सदस्य बनाउने महत्कांक्षी योजना समेत बनाएको छ। उर्लावारीमा संगठन विस्तारलाई तीव्रता दिएको नेकपा एसले हरेक वडामा कम्तिमा सय जनालाई क्रियाशील सदस्य बनाउने तयारी गरेको नगर अध्यक्ष डीबी थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्