अब पशुपतिमा प्लस टु, ब्यवस्थापन, विज्ञान र कानुन विषयमा पढाइ हुने



उर्लाबारी । मोरङको उर्लाबारीमा संचालित पूरानो निजी विद्यालय पशुपति आवासिय माध्यमिक विद्यालयले प्लस टु सञ्चालन गर्ने भएको छ । यसै शैक्षिक सत्रदेखि उर्लाबारी वडा नं. ७ मा रहेको सो विद्यालयलले ब्यवस्थापन, विज्ञान र कानुन विषयमा प्लस टु सञ्चालन गर्ने भएको हो ।

गुणस्तरिय शिक्षा उपयोगी ज्ञान, उज्जवल भविष्य पशुपतिको पहिचान भन्ने नाराका साथ सञ्चालनमा रहेको पशुपतिमा कक्षा १० सम्म पढाई हुँदै आएको थियो । १ हजार भन्दा बढी विद्यार्थी अध्ययरत रहेका छन् । सुविधा सम्पन्न भवनहरु रहेको विद्यालयमा प्लस टु सञ्चालनसँगै थप विद्यार्थीको आकर्षण बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्