महिला साफ च्याम्पियनसिप २०२२ नेपालमा हुने


काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ । शनिबार बसेको बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुने भएको हो ।

यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । शनिवारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो । बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण कांग्रेस २०२२ ले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । सलाउद्दिन दोस्रो कार्यकालका लागि पुनः साफको अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्