उर्लाबारीमा मावाले बाँध कटान गरेको क्षेत्रमा मन्त्रीसहितको टोलीद्धारा निरीक्षण


उर्लाबारी, १६ असार । मोरङको उर्लाबारी – ९ आदर्श चोकमा मावा खोलाले बाँध कटान गरेपछि आज दिउँसो प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की सहितको टोलीले निरीक्षण गरेको छ ।

लगातारको बर्षापछि मावा खोलामा आएको बाढी बस्तीतर्फ पस्न लागेपछि बुधबार नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडासहित, सशस्त्र र जनपथ प्रहरीको टोली, स्थानीयबासीले रुखमा डोरीले बाँधेर रोकथामको प्रयास गरेका थिए ।

आज सो क्षेत्रमा मन्त्री कार्की, प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, नगर प्रमुख खरेल,उपप्रमुख खतिवडा, वडाध्यक्ष नरबहादुर मोक्तान,जनताको तटबन्ध कार्यक्रमका प्रमुख लगायतको टोलीले निरीक्षण गरेको हो ।

उर्लाबारी वार्ड नम्बर ९ को सिमाना बस्ती, फाइबेलि डाँडामा मावा खोलाको कटान तथा वडा नम्बर ८को मलामी घर दक्षिण बक्राहा खोलाले गरेकोे कटानको स्थलगत अवलोकन गर्दै क्षतिलाई कम गर्न सबै क्षेत्रबाट यथासक्य सहयोग गरी थप धनजनको क्षति हुनबाट बचाउन नगर प्रमुख खरेलले सम्बन्धित सबैसँग आग्रह गर्नुभएको थियो।

सो टोलीसमक्ष स्थानीयबासीले गतवर्ष पनि बाढीका कारण सयौँ विगाहा खेतमा क्षति पुर्याउनुका साथै बिस्थापित हुनु परेको गुनाशो राख्दै स्थायी तटबन्धन गरिदिन आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्