एभरेष्ट मल्टी टेक्निकल कलेजले १३ औँ वार्षिक उत्सव मनायो


उर्लाबारी, १५ असार । उर्लाबारी नगरपालिका – ५ स्थित मुख्य चोकमा अवस्थित एभरेष्ट मल्टी टेक्निकल कलेजले मंगलबार आफ्नो १३ औँ वार्षिक उत्सव मनाएको छ । २०६६ सालमा स्थापित सो कलेजमा हाल २ सय ५० बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

कलेजले वार्षिक उत्सवका अवसरमा योग शिविरका साथै सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । योग शिविरमा १ सय २० भन्दा बढी विद्यार्थी सहभागि भएका थिए । योग शिविरमा गोपाल रिमाल, रुद्रबहादुर तामाङ, जयधर्म आचार्यले प्रशिक्षण दिनुभएको कलेजका फाउण्डर प्रिन्सिपल सुवन ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा केक काटेर वार्षिक उत्सव मनाउनुका साथै विद्यार्थीहरुले गायन र नृत्य समेत प्रस्तुत गरेका थिए । सो कलेजमा कम्प्युटर कोर्ष, बिज्ञान विज कोर्ष, स्टाफ नर्सको तयारी कक्षा, अंग्रेजी भाषा कक्षा र जापनिज भाषा कक्षाको अध्ययन अध्यापन हुँदै आएको फाउण्डर प्रिन्सिपल ढकालले जानकारी दिनुभयो ।

हालसम्म सो कलेजमा १० हजार बढी विद्याथीले प्राविधिक शिक्षा लिएका छन् । सो कलेजमा अध्ययन गरेका विद्यार्थीले प्रशासनिक सेवा, शैक्षिक सेवा, बैँक तथा बित्तिय क्षेत्रमा काम गर्दै आएका छन् । वार्षिक उत्सव कार्यक्रम ढकालको अध्यक्षतामा भएको थियो भने संचालन कार्यक्रम संयोजक देवेन्द्र घिमिरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्