अबिरल वर्षाका कारण उर्लाबारीका विद्यालयमा दुई दिन विदा


उर्लाबारी, १५ असार । उर्लाबारी नगरपालिकाले अविरल बर्षा र बाढीको कारण दुई दिनसम्म विद्यालयमा विदा दिएको छ । नगरपालिकाले असार १६ र १७ गते विद्यालयमा विदा दिने निर्णय गरिएको हो ।

लगातार भारी वर्षा भईरहेको र आगामी दिनमा पनि अत्याधिक बर्षा हुने पूर्वानुमान भएकोले नगरभित्रका विद्यालयहरू विदा गर्ने निर्णय गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले जानकारी दिनुभयो ।

लगातारको वर्षाका कारण विद्यार्थीहरुलाई विद्यालय जान समस्या भएको छ । विद्यालय भित्रैसम्म पानी पस्दा अध्यापनमा समस्या भएको छ। अविरल वर्षाका कारण नगरका विभिन्न क्षेत्रहरू डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्