कानेपोखरीमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईयो


कानेपोखरी, १५ असार । १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७९ कानेपोखरी गाउँपालिकामा मनाईएको छ । “धान बालीमा जैबिक बिबिधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मुल नाराका साथ कानेपोखरी गाउपालिका वडा नम्बर ३ को रामु गोमा कृषि फर्ममा औपचारिक कार्यक्रम आयोजना गरि धान रोपिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले “हामी सबैको सान : कृषि उधममा किसान” भन्ने मुल नाराका साथ आगामी ५ वर्ष कृषि क्षेत्रमा काम गर्ने बताउनुभएको छ । कृषीलाई अर्गानिक तर्फ जोड दिने कुरामा विशेष तोरी बाली उत्पादमा प्राथमिकता दिएका छौ यस्तै कानेपोखरीलाई चिनाउने चिनारीको रुपमा रहेको खिरलाई पनि अर्गानिक तरिकाले बनाउन खिर सुधार कार्यक्रम रहेको छ । पहिला हाम्रो बुबा आमाको पालिमा जे जति खादा पनि पचाउन सकिने तर अहिले बिसादिका कारण केही कुरा पनि अर्गानिक नपाउनाले पालिकामा प्रत्येक घरमा एक एक जनस दीर्घरोगी भएकाले अबको पालो अर्गानिक खेतिलाई प्राथमिकता दिने हो । हामिले खासमा कुन ठाउको माटोले के मागेको छ त्यही अनुसारको बाली नलगाउनाले पनि उत्पादनमा कमि आएको छ तसर्थ अब हामी माटो परिक्षण पनि गर्ने छौ, उहाले बताउनुभयो ।

औपचारिक कार्यक्रम पश्चात् दहि चिउरा र आपको खाजा खाएर धान रोपाई गरिएको थियो । कानेपोखरी गाउपालिका कृषि शाखाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता वडा ३ अध्यक्ष गोपाल कार्की, प्रमुख अतिथी गाउपालिका अध्यक्ष राजमती इङ्नाम, बिशेष अतिथी गाउपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, अतिथिहरुमा वडा नं. ४ का अध्यक्ष रमेश राउत, वडा नं.५ अध्यक्ष चरण गुरुङ वडा नं. ६ का अध्यक्ष खडगबहादुर बस्नेत , वडा नं. २ का अध्यक्ष सुशील बुढाथोकी लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो भने प्रमुख प्रसासकिय अधिकृत सन्तोष घिमिरे , अधिकृत गोबिन्द फुयाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कानेपोखरी गाउपालिकाले प्रत्येक वर्षको असार १५ गते यो कार्यक्रम भब्य रुपले मनाउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्