रतुवामाईमा दुई दिन विद्यालय विदा, बाढी प्रभावित क्षेत्रमा सम्पुर्ण टिम परिचालन गर्ने



रतुवामाई, १५ असार । अविरल वर्षाको कारण विद्यार्थीलाई अध्ययन गर्न असहज भएपछि मोरङको रतुवमाई नगरपालिकाले दुई दिनका लागि विद्यालयमा विदा दिएको छ ।

रतुवामाई नगरपालिकाक्षेत्र भित्र पर्ने वक्राहा र रतुवा खोलाको जोखिम, अन्य साना खोलाहरुको जोखिम र अत्याधिक वर्षाको कारण डुबानमा परेर जनजिवीकामा परेको असरको विषयमा छलफल गर्न आज विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । सो बैठकबाट निर्णय भए बमोजिम असार १६ र १७ गते दुई दिनका नगरभित्रका सम्पुर्ण विद्यालयमा विदा दिने निर्णय भएको हो । यस्तै बैठकले प्रत्येक वडाहरुमा प्रभावित क्षेत्रहरुको विपद प्रतिकार्य सम्बन्धि आवश्यक कार्यहरु तत्कालै गर्ने निर्णय गरेको छ ।

बैठकले विपद प्रभावित परिवारका लागि स्वास्थ्य टिम तयार गरी अत्यावश्यक जीवनजल, सिटामोल लगायत औषधीहरुको व्यवस्थापन गरी टिम परिचालन गर्ने निर्णय गरेको छ। सबै वडा कार्यालय मार्फत बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने पनि निर्णय गरेको मेयर नागेश्वरप्रसाद सिंहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्