बाढीबाट सुरक्षित रहन आग्रह गर्दै सहयोग आवश्यक परे तत्काल सम्पर्क गर्न अपिल


उर्लाबारी, १४ असार । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले विपद्जन्य घटनाबाट सुरक्षित रहन आग्रह गर्दै कुनै सहयोग आवश्यक परे तत्काल खबर गर्न अपिल गर्नुभएको छ ।

नगरपालिका कार्यालयले आज बेलुका एक सुचना जारी गर्दै बाढी र डुबानबाट सुरक्षित रहन आग्रह गर्दै कुनै सहयोग आवश्यक परे तत्काल सम्पर्क गर्न नगरबासीमा आग्रह गरेको हो । विपद्को यस समयमा सचेत रहनका साथै कुनै सहयोग आवश्यक परेमा आफुलाई वा सम्बन्धित वडामा जनप्रतिनिधि तथा नगरपालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८५२०४२४६० मा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

गएरातीदेखीको अबिरल वर्षाका कारण नगरका बिभिन्न स्थान डुबानमा पर्नुका साथै दर्जनौँ घरमा पानी पसेको छ । पानीको निकास नहुँदा डुबानमा परेको क्षेत्रमा जनप्रतिनिधिहरु आफैँ लागिपरेर पानीको निकास गराउन लागिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्