झापा मोरङ र सुनसरीमा भारी वर्षा, अझै बढ्न सक्ने, सतर्क रहन अपिल



मोरङ, १३ असार । पूर्वी नेपालका केही स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ । झापा,मोरङ,सुनसरी काअधिकांश स्थानहरूमा पछिल्लो ३घण्टामा अति भारी वर्षा भएको र थप वर्षाहुने मौसम पुर्वानुमा महासाखाले जनाएको छ । बिहान ८ बजे एस एम एस मार्फत जानकारी गराउदै बिभागले मेची,विरिङ,बक्राहा,लोहन्द्रा,बुढीखोला,सुनसरीखोला लगायतमा पानीको बहाव बढ्ने चेतावनी दिदै सतर्कता अपनाउन अनुरोध गरेको छ । मोरङ र सुनसरीमा पनि भारी वर्षा भएको छ ।

उक्त जिल्लाको तराई र चुरेभइ बहने साना नदीहरूमा बाढीको जोखिम बढ्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुने उच्च जोखिममा पर्ने छन । यस्तो जोखिम भोलि बुधबार सम्मै कयम रहेकोले उच्च सतर्कता अपनाउन बिभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्