उर्लाबारीमा पाहुना आएका बृद्धको शव खेतमा भेटियो



उर्लाबारी, १२ असार । मोरङको उर्लाबारी वडा नं. १ मा पाहुना आएका एक बृद्ध मृत फेला परेका छन् । झापा दमकबाट आफन्तको जन्मदिन मनाउन आएका नैनसिंह विकको शव आइतबार बिहान वडा नं. १ हरैचे शालिक उत्तर खेतमा भेटिएको प्रहरीले जनाएको छ ।

विक बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना हुन आएका थिए । घोप्टो परेको अवस्थामा भेटिएका विकको मृत्युको कारण भने पत्ता लागेको छैन् । उनको शव पोस्टमार्टमको लागि मंगलबारे अस्ततालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्