उर्लाबारी नगरपालिकाद्धारा राजमार्गका खाल्डाखुल्डी पुर्ने काम सुरु


उर्लाबारी, ११ असार । सडक डिभिजन कार्यालयले काम गर्न अटेरी गरेपछि उर्लाबारी नगरपालिकाले पूर्वपश्चिम राजमार्ग तथा किनारका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ ।

नगर प्रमुख गंगाप्रसाद खरेल आफैँ लागिपरेर आज दिउँसोदेखी राजमार्ग र किनारका खाल्डाखुल्डी पुर्ने काम सुरु गरिएको हो । पटक–पटक सडक डिभिजन कार्यालयलाई राजमार्ग मर्मत गर्न भनेपनि अटेरी गरेपछि नगरपालिका आफैँले तत्कालका लागि खाल्डा पुर्ने काम गरेको हो ।

राजमार्गमा ठुला–ठुला खाल्डा परेर दुर्घटनाको जोखिम बढेपछि नगरपालिकाले आफ्नै खर्चमा खाल्डो पुरेको हो । पुर्वपश्चिम राजमार्ग नगरपालिका मातहत नरहने भएपनि दुर्घटनाको जोखिम बढेपछि काम गरिएको नगर प्रमुख खरेलले बताउनुभयो । उपप्रमुख मिना खतिवडा पौडेलले सवारीसाधन र यात्रुको सहजताका लागि खाल्डाखुल्डी पुरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्