मिक्लाजुङ गाउँपालिकाको बजेट ७० करोड ६६ लाख



उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ७० करोड ६६ लाख ९६ हजार रुपैयाँकोे बजेट ल्याएको छ ।
गाउपालिका अध्यक्ष बबीकुमार राईको सभापतित्वमा बसेको दशौं गाउँसभामा उपाध्यक्ष दिनेश पौडेलले बजेट प्रस्तुत गर्नुभयो ।

उपाध्यक्ष पौडेलले ७० करोड ६६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो । जसअनुसार चालु खर्चतर्फ १९ करोड ५६ लाख ९६ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ करोड ५७ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी गराइयो । आगामी आर्थिक वर्षको आयतर्फ वित्तिय समानिकरण संघीय सरकारबाट १२ करोड ४९ लाख, राजश्व बाँडफाँड संघीय सरकारबाट ९ करोड ७६ लाख १० हजार, राजश्व बाँडफाँड संघ वन पैदावारबाट १५ लाख, वित्तीय समानीकरण प्रदेश सरकारतर्फ ६७ लाख ७ हजार, सवारी साधन कर बाँडफाँट प्रदेश सरकारतर्फ ४७ लाख ४८ हजार, घरजग्गा रजिष्ट्रशन दस्तुरबाट ३५ लाख, दहत्तर बहत्तरबाट ५ करोड, अल्या मौज्दातबाट ४ करोड, आन्तरिक स्रोतबाट ११ करोड २३ लाख ३१ हजार, संघीय सरकार सशर्त अनुदान तर्फ २५ करोड ५३ लाख, प्रदेश सरकार सर्शत अनुदान तर्फ १ करोड गरी जम्मा कुल आम्दानी ७० करोड ६६ लाख ९६ हजार रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै, व्ययतर्फ संघीय सरकार सशर्त अनुदान तर्फ २५ करोड ५३ लाख, प्रदेश सरकार सर्शत अनुदान तर्फ १ करोड, चालू तथा प्रशासनिक खर्च तर्फ ८ करोड ५६ लाख , शिक्षातर्फ ४ करोड ८६ हजार, स्वास्थ्यतर्फ १ करोड ५९ लाख ५० हजार, करुणा फाउण्डेशन साझेदारीतर्फ २२ लाख, विपद ब्यवस्थापन कोषमा ५० लाख, गरिबी तथा असहाय स्वास्थ्य सहायता कोषतर्फ १५ लाख, कृषि विकासतर्फ १ करोड ५० लाख, पशुपंक्षी विकासतर्फ ७० लाख, खेलकुदतर्फ ३० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ १४ लाख १० हजार, न्यायिक समितितर्फ १८ लाख ५० हजार, सामाजिक विकासतर्फ ४६ लाख, जनप्रतिनिधि तथा कर्मचारी क्षमता विकास कार्यक्रममा १० लाख, सामाजिक सुरक्षा शाखाको पञ्जिकरण विवरण ब्यवस्थापनतर्फ ३ लाख, संघसंस्था तथा सहकारी संस्थासँगको साझेदारी कार्यक्रममा १५ लाख, वन, वातावरण तथा सरसफाईतर्फ १० लाख, वडाको चालु खर्चतर्फ ५४ लाख, वातावरणीय अध्ययनतर्फ १३ लाख गरी कुल खर्च ७० करोड ६६ लाख ९६ हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्