कानेपोखरी गाउँपालिकाको बजेट ५७ करोड ५२ लाख


कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को लागि ५७ करोड ५२ लाख ३८ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामको सभापतित्वमा भएको १२ औं गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले शनिबार बजेट प्रस्तुत गरेको हो । आयतर्फ बित्तीय समानीकरण अनुदान संघीय सरकारबाट १४ करोड ५७ लाख, राजश्व बाँडफाँट संघीय सरकारबाट ९ करोड ८७ लाख ३५ हजार बित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट ८० लाख १५ हजार बजेट प्रस्तुत भएको छ । यसैगरी घरजग्गा रजिष्ट्रेसनबाट १ करोड ५० लाख, नेपाल सरकारको राजश्व बाँडफाँटबाट ५ लाख, प्रदेश सरकारबाट १ करोड र गत बैक मौज्दातसहित आन्तरिक आम्दानी २ करोड ४४ लाख ९६ हजार रुपैया आम्दानी हुने अनुमान गरेका छन् ।

संघीय सरकार र प्रदेश सरकारको ससर्त अनुदान, समपुरक अनुदान र संघीय सरकारको विशेष अनुदान २६ करोड २७ लाख ६२ हजार गरी कुल ५७ करोड ५२ लाख ३८ हजार रुपैया अनुमानित बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको पूर्वाधार विकासतर्फ ८ करोड १ लाख, चालु खर्चतर्फ ७ करोड २५ लाख, सामाजिक विकासतर्फ ६ करोड ६६ लाख ७६ हजार, आर्थिक विकासतर्फ ३ करोड ७ लाख ५० हजार, विपद ब्यवस्थापन र वातावरणका लागि १ करोड ६७ लाख र संस्थागत विकास तथा सेवा प्रवाहका लागि १ करोड १५ लाख विनियोजन भएको छ ।

गाउँपालिकाको चालु खर्चतर्फ पूर्वाधार क्षेत्र विकासमा पालिको ७ वटा वडाका लागि ३ करोड ५६ लाख विनियोजन गरिएको छ । वडा नं. १ मा ४३ लाख, वडा नं. २ मा ६० लाख, वडा नं. ३ मा ४३ लाख, वडा नं. ४ मा ४५ लाख, वडा नं. ५ मा ६० लाख, वडा नं. ६ मा ६० लाख, वडा नं. ७ मा ४५ लाख बजेट विनियोजन गरेका छन् । त्यसैगरी नेपाल सरकार र प्रदेश सरकारले दिने ससर्त र समपुरक अनुदानको २६ करोड २७ लाख ६२ हजार खर्च हुनेगरी बजेट ब्यवस्थापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्