यस्तो छ उर्लाबारी नगरपालिकाको चालु आर्थिक वर्षको संक्षिप्त समिक्षा


उर्लाबारी, १० असार । उर्लाबारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को उपलब्धि समिक्षा सार्वजनिक गरेको छ । आज बसेको आठौँ नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख मिना खतिवडा पौडेलले चालु आर्थिक वर्षको बित्तिय प्रगति र अन्य उपलब्धी समिक्षा सार्वजनिक गर्नुभएको हो । प्रस्तुत छ उहाँले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको समिक्षा :

 

यस गरिमामय सभामा चालु आ.व २०७८।०७९ को संक्षिप्तरुपमा समिक्षा प्रस्तुत गर्न चाहन्छु । चालु आ.व. मा यस नगरपालिकाबाट भएका केही महत्त्वपूर्ण कार्यहरूको संक्षिप्त विवरण

• चालु आ.ब.को विनियोजित बजेट र थप प्राप्त बजेट गरि जम्मा कुल बजेटमा चालु खर्च तर्फ ५८.४०% र पुजिगत तर्फ ४०.७९% प्रगति भएको छ ।

• आन्तरिक आय तर्फ गत बर्षको मौज्दात सहित रु १७,१६,८२,०९५ (सत्र करोड सोर्ह लाख बयासी हजार पन्चानब्बे) प्राप्त भएको छ ।

१. प्रशासन, कानून निर्माण एवम् संस्थागत विकास तर्फः
• हालसम्ममा ७ वटा नियमित तथा २ वटा बिशेष गरि जम्मा ९ वटा नगरसभा सम्पन्न भएका छन् । साथै यस आ.व मा १० वटा कार्यपालिका बैठक बसेको छ ।
• हालसम्म कार्यपालिका र नगरसभाबाट निम्नानुसारका कानुनहरु निर्माण भएका छन् ।
क. ऐन – २० वटा
ख. आचारसंहिता – १ वटा
ग. निर्देशिका – ३ वटा
घ. कार्यविधि – ३० वटा
ङ. नियमावली – ४ वटा

२) भौतिक विकास तर्फः

• वडा नं. १, २ र ३ को वडा कार्यालय भवनको निर्माण कार्य ठेक्का प्रकृया मार्फत अन्तिम चरणमा रहेको साथै वार्ड नं ६, ७ र ८ को वडा कार्यालय भवनको निर्माण कार्य भैरहेको,
• आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. १, २, ५, ६ र ७ को भवनको निर्माण कार्य सम्पन्न भएको,
• सहरी शासकीय सुधार कार्यक्रम अन्तरगत अनुदान कार्यक्रम Urban Development Grant को रु. ५७ करोड ७० लाखको योजना स्विकृत भई कार्यन्वयन चरणमा रहेको,
• उर्लाबारी नगरपालिका क्षेत्रको पुर्व पश्चिम राजमार्ग साथै उत्तर दक्षिण मार्गका विभिन्न स्थानमा सडक बत्ति जडान गरिएको,
• आवधिक योजनाको डिपिआर ,भुउपयोग योजना तथा बक्राहाघाट निर्माणको डिपिआर तयार हुँदै गरेको,
• प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत विभिन्न पुर्वधार विकासका कार्यहरु संचालन गरिएको छ ।

३) शिक्षा, युवा तथा खेलकुद विकास तर्फः

• राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत ४ कोठे भवन निर्माणका लागि ३ वटा विद्यालयहरुलाई पहिलो किस्ताको ३० प्रतिशत रकम निकासा गरिएको छ । (लक्ष्मी मावि, शारदा मावि र शान्ति आवि)
• उर्लाबारी नगरपालिकाभरिमा ६ वटा विद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गतको कार्यक्रम अन्तरगतको पहिलो किस्ताको रकम निकाशा भइ भवन निर्माणको क्रममा रहेको । सोहि कार्यक्रम अन्तर्गत ICT कार्यक्रमका लागि ४ वटा विद्यालयहरु सँग सम्झौता गरि कार्यप्रकृया अगाडी बढाइएको छ ।

४) स्वास्थ्य सेवातर्फ : 
• नगरपालिका अन्र्तगतका सबै स्वास्थ्य संस्थाहरुबाट तोकीएका औषधिहरु वर्षै भरी निशुल्क वितरण हुने व्यवस्था मिलाईएको ।
• आधारभुत प्रयोगशाला सेवा क्रमशः सबै वडा सम्म विस्तार गर्ने निति अनुरुप राजघाट स्वास्थ्य चौकी उर्लाबारी ८ मा आधारभुत प्रयोगशाला सेवा संचालन गरी निःशुल्क ल्याव सेवा प्राप्त गर्ने व्यवस्था मिलाईएको छ ।
• अति विपन्न १६० परीवारको निःशुल्क स्वास्थ्य विमा नविकरण कार्य सम्पन्न भई सकेको र थप २२५ जना नयाँ अतिविपन्न परीवारहरुको लागी स्वास्थ्य विमा यसै आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने गरी व्यवस्थापन गरीएको छ
• सरकारले कडा रोग भनि तोकीएका आठ ओटा रोगहरुका उपचारमा जानका लागी नगरपालिकाले एम्वुलेन्स भाडा प्रदान गदै आएको छ
• नगरपालिकाले यसै आब देखि एम्बुलेन्स खरिद गरि एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।

५) सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन सम्बन्धी भएका प्रमुख कामहरु : 
• अप्टिकल फाइवर सहितको इन्ट्रानेट जडान गरी सञ्चालनमा ल्याइएको छ ।
• नगर कार्यपालिकाको कार्यालय सम्पूर्ण शाखा र वडा कार्यालयबिच सहजरुपमा सम्पर्क स्थापित गर्न IP टेलिफोन जडान गरिएको जसले गर्दा निःशुल्क रुपमा सम्पूर्ण शाखा र वडाबिच टेलिफोन सम्पर्क गर्न सकिएको छ ।
• नगरपालिकाबाट ठेक्का प्रणालीलाई प्रभावकारी बनाउन E-bid लाई प्राथमिकताका साथ प्रयोगमा ल्याईएको छ।
• कर भुक्तानी प्रणाली अनलाईन सफ्टवेयर प्रणाली मार्फत सम्पूर्ण वडा कार्यालयबाट हुने व्यवस्था सञ्चालनमा ल्याइएको छ ।
• नगर प्रहरीको कार्यसम्पादनमा सहजता ल्याउन, सञ्चारमा सहजता ल्याउन वाकी-टकी सञ्चालनमा ल्याइएको छ।
६) कृषि शाखा अन्तरगतः
• अनुदानका कार्यक्रम अन्तरगत मौरी पालक समुह लाइ कृतिम आहारा वितरण, आलुको बिजबृद्धी कार्यक्रम, गहुँको बिउ वितरण, प्लास्टिक टनेल वितरण कार्यक्रम, प्लास्टिक मल्चिङ वितरण, बगरखेती विकास तथा प्रवर्द्धन कार्यक्रम, बिषादी छर्ने स्प्रेयर(२ इन वान) वितरण, बिषादी छर्ने स्प्रेयर(२ इन वान), माटो परिक्षण, कृषिचुना वितरण कार्यक्रम, मकै गोड्ने मेशिन खरिद तथा पुष्पखेती प्रबर्द्धन कार्यक्रम, पावर टिलर वितरण, मिनिटिलर वितरण, च्याउखेती प्रबर्द्धन कार्यक्रम, मकै छोडाउने मेशिन वितरण लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।

७) पशु स्वास्थ्य विकास कार्यक्रम तर्फ : 
• पशु स्वास्थ्य प्रवर्द्धन कार्यक्रम ,रोग निदान तथा प्रयोगशाला सेवा ,रोग निरोधक खोप कार्यक्रम ,पशु गोठ निर्माण कार्यक्रम संचालन भएका छन् ।

८) महिला बालबालिका ज्येष्ठ नागरिक तथा सामाजिक विकास कार्यक्रम तर्फः
• ८ जनालाइ ६५ दिने सिलाई कटाई तालिम
• ३९ जनालाई तिन महिने आधारभुत सिलाई कटाई तालिम
• २० जनालाई एडभान्स सिलाई कटाई तालिम
• ५७ जनालाइ मेडपा र करुणा कार्यक्रम अन्तरगतको आधारभुत सिलाईकटाई तालिम
• ४० जनालाई बेशिक ढाका बुनाइ तालिम
• २८ जनालाई ब्युटिपार्लर तालिम सञ्चालन भएका छन् ।
• क ,ख ,ग ,घ वर्गका ६१२ वटा परिचय पत्र कार्ड वितरण,
• शिविरमा सहायक सामाग्री वितरण (लाठी श्रवण यन्त्र ह्विल चेयर बैशाखी ट्वाइलेट चेयर स्पेशल चेयर),
• सुनौला हजार दिन कार्यक्रम अन्तरगतको २५ जना आमालाई पोषण सहयोग वितरण गरिएको,
• ४३ जनालाई सीपमुलक तालिम अन्तरगत (बंगुरपालन बाख्रापालन ढाका बुनाइ तालिम टेलरिङ मोबायल रिपेयरिङ ड्राइभिङ तथा ब्युटिपार्लर) सञ्चालन भएका छन् ।

९) सामाजिक सुरक्षा तथा पञ्जिकरण तर्फः

• एक वडा एक बैकमार्फत सामाजिक सुरक्षा बापतको भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको ।
• उर्लाबारी नगरपालिकाभरिमा १४६३ जनाको जन्मदर्ता, ५११ जनाको मृत्युदर्ता, ६१७ जनाको विवाह दर्ता, ६८ जनाको सम्बन्ध बिच्छेद दर्ता र १६६१ जनाको बसाईसराइ दर्ता गरिएको ।
• पुरानो घटना दर्ता किताब अभिलेखलाई डिजीटाइजेशन गर्ने काम पूर्ण रूपमा सम्पन्न भएको ।

 

प्रतिक्रिया दिनुहोस्