एमाले नेता हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला



गौरादह, १० असार । झापाको गौरादहमा शंकास्पद वस्तु फेला परेको छ । नेकपा एमालेका नेता हिक्मत कार्कीको घर अगाडि सडक किनारमा प्रेसर कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

कार्कीले आज बिहान ५ः३० बजे शंकास्पद वस्तु भेटिएको जानकारी दिनुभएको छ । उहाँले नेपाली सेनाबाट त्यसलाई निष्कृय पार्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले फेसबुकमा शंकास्पद वस्तुको तस्वीर राख्दै लेख्नुभएको छ ‘किन, कसले हो ? छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्