दुई लाख धरौटीमा छुटे ‘गोरे’का भाइ रमेश


विराटनगर, २२ पुस । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका हुन् ।

रमेश सुन तस्करी प्रकरणका नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो । बिहीबार थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले बताए ।

गत २७ मङ्सिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्