उर्लाबारी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (बिस्तृत पढ्नुहोस्)


उर्लाबारी, ८ असार । उर्लाबारी नगरपालिकाले भौतिक पुर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपालिका स्तरीय ५ लाख भन्दा माथिका योजना मात्र बनाउने भएको छ ।

नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा आज बसेको आठौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० को आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मिना खतिवडा पौडेलले सो नीति अवलम्बन गर्ने जनाउनुभएको छ । सडक लगायत भौतिक पुर्वाधारको निर्माण दिगो र गुणस्तरीय हुने गरी निर्माण गरिने भएको छ ।

दिर्घकालिन रुपमा लाभ लिन सकिने ठुला प्रकृतिका योजना लगायत नगर गौरवका योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाभित्र तालिम प्राप्त जनशक्तिबाट मात्र भौतिक संरचना निर्माण गर्ने नीति नगरपालिकाले लिने भएको छ ।

नगरपालिकाले कृषि विकाश, सिंचाई, पशुंपक्षी सेवा, पर्यटन विकाश, सहकारी क्षेत्रको सुदृढिकरण, रोजगार प्रबद्र्धन, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई, शिक्षा, महिला बालबालिका अपांगता तथा जेष्ठ नागरिक, आदिवासी जनजाति दलित मधेशी मुस्लिम तथा पिछडा वर्ग, युवा तथा खेलकुद विकाश, जनसंख्या व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रम, भौतिक पुर्वाधार, बिधुत तथा बैकल्पिक उर्जा, बस्ती विकाश तथा शहरी पुर्वाधार, लागत सहभागिता, विपद् व्यवस्थापन, नदी नियन्त्रण तथा भू–संरक्षण, वन वातावरण तथा जलवायु परिवर्तन, फोहोर मैला व्यवस्थापन, राजश्व, सुचना प्रविधि तथा अभिलेख व्यवस्थापन, आर्थिक प्रशासन, विविध र विविधि शिर्षकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

असार १० गते शुक्रवार बजेट सार्वजनिक हुनेछ । नगर सभाको सुरुमा नगर प्रमुख खरेलले बैशाख ३० गते सपन्न भएकोे स्थानिय तहको निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै सहमती र सहकार्यका साथ अघि बढ्ने उद्घोष गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्