उर्लाबारी नगरपालिकाको आठाै नगरसभा सुरु


उर्लाबारी, ८ असार । उर्लाबारी नगरपालिकाको आठाै नगरसभा आजदेखी सुरु भएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा अहिले बसिरहेको सभामा नगर उपप्रमुख मिना खतिवडा पौडेलले आगामी आर्थिक वर्ष २०७९/८० को नगरको निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रम पारित भएपछि असार १० गते शुक्रवार बजेट सार्वजनिक हुने प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

नगर सभाको सुरुमा नगर प्रमुख खरेलले बैशाख ३० गते सपन्न भएकोे स्थानिय तहको निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै सहमती र सहकार्यका साथ अघि बढ्ने उद्घोष गर्नुभयो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट उर्लाबारीमा नयाँ जनप्रतिनिधि आएपछि आउने पहिलो नीति तथा कार्यक्रम र बजेटलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्