उर्लाबारी नगरपालिका : नीति तथा कार्यक्रम आज, बजेट शुक्रवार


उर्लाबारी, ८ असार । उर्लाबारी नगरपालिकाको नगरसभा आजदेखी सुरु हुँदैछ । आज दिउँसो १ बजे बस्ने नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० को नगरको निती तथा कार्यक्रम प्रस्तुत हुने प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा नगरपालिकाको नीति तथा कार्यक्रमको दृष्टिकोण सार्वजनिक हुनेछ । बजेट भने असार १० गते शुक्रवार सार्वजनिक हुने अधिकारीले जानकारी दिनुभयो । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट उर्लाबारीमा नयाँ जनप्रतिनिधि आएपछि आउन लागेको पहिलो नीति तथा कार्यक्रम र बजेटलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्