यात्रुबाहक बसमा एसिड पोखिदा पाँच जना घाइते


विराटनगर । मोरङको कटहरीमा एसिड लागेर पाँच जना घाइते भएका छन् । को १ ख ३९८१ नम्बर यात्रुवाहक बसमा एसिड पोखिएपछि एक जना सह–चालक र चार जना यात्रुलाई आज दिउँसो घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सुनवर्षी नगरपालिका ४ का २२ की निता राजवंशी, धनपालथान ५ का ४२ वर्षीय ओमनारायण राजवंशी, भोजपुर घर विराटनगरमा बस्दै आएका र सह–चालक २० वर्षीय विनोद परियार, सुनसरीको बराहा नगरपालिका ८ चकरघट्टीका ४० वर्षीय सुमित्रा उराँव र सुनवर्षी नगरपालिका ९ डाइनियाका २२ वर्षीय सबिया खानम घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घाइते हुनेहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । एसिड लागेर टाउको, घाँटी, हात र खुट्टाको छाला पिल्सिएको छ ।विराटनगरको हाट खोलबाट रंगलीतर्फ जाँदै गरेको एक जना यात्रुले बियरको बोतलमा एसिड बोकेको र उक्त बोतल फुटेपछि एसिड लागेर घाइते भएका हुन् । प्रहरीले एसिड बोक्ने व्यक्तिको खोजी कार्य तीव्र बनाएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्