शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राई आए



झापा, ७ असार । शिवसताक्षी नगरपालिकामा अमृत बहादुर राईले प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् । केही समय अघि प्रशासकीय अधिकृत गीताकुमारी राईको सरुवा भएपछि कार्यालयमा निमित्त प्रशासकीय अधिकृतको रुपमा प्रकास चौधरीले काम काज गर्दै आएका थिए ।

वि.सं. २०६६ सालमा ताप्लेजुङ्ग जिल्लामा सहायक प्रजिअको रुपमा निजमति सेवामा प्रवेश गरेका राई प्रधानमन्त्री कार्यलय हेल्लो सरकार हुँदै पहिलो पल्ट स्थानीय निकायमा काम गर्न आइपुगेका हुन् ।

आफु निजमति सेवामा प्रवेश गरेपछि विभिन्न निकाय काम गर्ने क्रममा स्थानीय तहसँग नजिक भएर काम गरेकाले केही अनुभव रहेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिकाका काममा चुस्त र सेवामुखी बनाउनका लागि आफ्नो भूमिका रहने बताए । शिवसताक्षी नगरपालिकामा यस अघि निमित्त प्रशासकीय अधिकृत गरेर ९ जनाले काम गरी सकेका छन् । राई दशौ कार्यकारी अधिकृत हुन् ।

स्थानीय निकाय भएपछि पहिलो कार्यकारी अधिकृतको रुपमा जयनारायण खनाल, दोस्रोमा हरिप्रसाद गुरागाईँ त्यस्तै क्रमशः तुलाराम थापा मगर, पंकज भुर्तेल, विष्णुबहादुर अधिकारी, सुरेन्द्र दाहाल, गीताकुमारी राई, रामकृष्ण श्रेष्ठ, प्रकाश चौधरी र हाल अमृतबहादुर राई रहेका छन् । यस अघि प्रमुख प्रशासकीय अधिकृत नहुँदा विभिन्न समयमा सुरेन्द्र दाहाल र प्रकाश चौधरीले निमित्त प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएको थिए । दाहाल भने आवकास प्राप्त भइसेका छन् ।

प्रतिक्रिया दिनुहोस्