उर्लाबारीमा ब्यक्तिगत घटना दर्ता शिविर संचालन


उर्लाबारी, ६ असार । उर्लाबारी नगरपालिकाले नगरका ९ वटै वडामा ब्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरेको छ । वडा नं. १ देखी ९ सम्मका पायक पर्ने स्थानमा शिविर संचालन गरिएको हो । वडाबासीलाई पायक पर्ने दुई भन्दा बढी स्थानमा शिविर संचालन गरिएको हो ।

ब्यक्तिको जिवनमा घटेका जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईसराई जस्ता घटनाहरु, सामाजिक सुरक्षा भत्ता नामावली दर्ता सो शिविरमा दर्ता गरिनुका साथैँ सुझाब समेत संकलन भईरहेको नगरपालिका कार्यालयले जनाएको छ । सेवाग्राहीहरुको सहजताका वडाको घरदैलोमै उक्त शिविर सञ्चालन भएको हो ।

दर्ता शिविरमा व्यक्तिगत घटना दर्ताको निवेदन संकलन, रुजु तथा प्रमाणपत्र जारी, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको निवेदन संकलन, व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्बन्धी गुनासो संकलन गर्ने कार्य रहनेछन् । सेवाग्राहीलाई आफ्नै गाउँ टोलबाट सहज सेवा प्रदानका साथै समयमै ब्यक्तिगत घटना दर्ता गर्ने बानीको बिकास र सचेतना फैलाउने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्