इन्धनमा गरेको चर्को मूल्य वृद्धिविरुद्ध विराटनगरमा चक्काजाम


विराटनगर, ६ असार । नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायातले नै चक्काजाम गरेका गरेका छन् । कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा सवारी साधन तेस्र्‍याएर यातायात अवरुद्ध पारेका छन् ।

सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राखेका छन् । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूले बताएका छन् । चक्काजामका कारण सडकमा एम्बुलेन्स समेत रोकिएका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्