उर्लाबारी नगरपालिकाको नगरसभा असार ८ गते हुने


उर्लाबारी, ६ असार । उर्लाबारी नगरपालिकाको नगरसभा असार ८ गते नै हुने भएको छ । आईतबार बसेको कार्यपालिका बैठकले नगरसभा असार ८ गते बुधबार गर्ने निर्णय गरेको नगर प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिनुभयो ।

नगर प्रमुख गंगा प्रसाद खरेलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम आगामी नगरसभामा पेश गर्ने निर्णय गरेको छ ।

यस्तै, वडास्तरीय योजना तथा कार्यक्रम तर्जुमा तथा छलफल गरी सभामा पेश गर्ने निर्णय भएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो । साथै गैर सरकारी संस्थाबाट पेश भएका कार्यक्रम समावेश गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्