उर्लाबारीमा पहिलो पटक आजदेखि ३ दिने आदिवासी जनजाति फुड फेष्टिबल


उर्लाबारी, ३ असार । उर्लाबारीमा पहिलो पटक आजदेखि ३ दिने आदिवासी जनजाति फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । आदिबासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचाहनलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद्,उर्लाबारीका सचिव नारायण राईले जानकारी दिनुभयो ।

उर्लाबारी नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्ग फागोले उद्घाटन गरेको उक्त फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, नेवार सहित स्थानीय जातजातीका मौलिकता सहित पराम्परागत खानाका परिकारहरु राखिएको छ । आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष मणीलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उदघाटन समारोहमा निवर्तमान नगर प्रमुख फागोले आगामी दिन प्रदेशस्तीय आदिवासी फुड फेष्टिबल आयोजना गर्न सुझाब दिँदै सफलताको शुभकामना दिनुभएको थियो ।

उहाँले नगरको विकाशका लागि सबै जातजाति एक भएर लागिपर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासंघका सल्लाहकार रुद्रबहादुर तामाङ, शम्शेर लिम्बु सहित राजनितीक दलका नगर प्रमुख सहितका वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रम असार ५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । सोही अवसरमा बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान समेत गरीएको थियो । उर्लाबारी नगरपालिकाको आर्थीक सहयोगमा भएको उक्त कार्यक्रममा बिभिन्न जातजातीका संस्कृतिक कार्यक्रम पनि राखिएको कार्यक्रमका मिडिया संयोजक विजय धिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्