हङकङबाट ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



उर्लाबारी ३ असार । उर्लाबारी – ९ स्थित प्रभात आधारभूत विद्यालयका ६,७ र ८ कक्षाका ४३ जना विद्यार्थीलाई विदेशबाट शैक्षिक समाग्री सहयोग आएको छ । उर्लाबारी – ९ खोपिडाँडा निवासी हाल हङकङमा रहेका जीवन पोमुले व्यक्तिगत सहयोग गर्नुभएको हो । शुक्रबार विद्यालयमा हुने साप्ताहिक अतिरिक्त कार्यक्रम अन्तरगत समय पारेर स्थानिय प्रतिनिधि सुरेन्द्र पोमुबाट शैक्षिक समाग्री वितरण गरिएको थियो ।

यसअघि जीवनले यस विद्यालयलाई ३ पटक सहयोग गरिसक्नुभएको छ । यसअघि शिक्षक प्रोत्साहन दस जना, अभिभावक प्रोत्साहन, विद्यार्थी प्रोत्साहन अन्तर्गत नेपाली, अंग्रेजी र गणित विषयमा ६० प्रतिशत ल्याउनेलाई विषयको पाँच सय रुपैया सहयोग दिँदै आउनुभएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा स्थानिय दाजुभाइ खड्ग र पुर्ण चोङवाङले एक निजी शिक्षकलाई तलव दिनुभएको थियो भने यस वर्ष जीवन पोमु एक्लैले दुई जना निजि शिक्षकलाई तलव दिने निर्णय गर्नुभएको छ ।

सानो छदा यसै विद्यालयबाट औपचारिक शिक्षा लिएको स्मरण गर्दै जीवन आफू विदेशमा रहेर आफ्नो गाउँको स्कुल र अध्ययनरत विद्यार्थीलाई सकेको सहयोग गरि शिक्षित गाउँ, समाज र व्यक्ति निर्माण हुन्छ भन्ने हेतुले सहयोग गरेको हङकङबाट पोमुले जानकारी दिनुभयो। राष्ट्रिय शैक्षिक सुधार अन्तरगत सहयोगको आश्वासन देखाई हाल सम्म केहिपनि साथ, सहयोग नभएको दुखेसो विद्यालयका प्रधान्याध्यापक मोहन चापागाईंले गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्