जिसस मोरङको सदस्यमा निर्वाचित उर्लाबारीका ढकाललाई बधाई तथा सम्मान्



उर्लाबारी, ३१ जेठ । जिल्ला समन्व्य समिति मोरङको आज भएको निर्वाचनबाट सदस्यमा निर्वाचित हुनु हुने उर्लाबारी – ३ का मित्रप्रसाद ढकाललाई आज बधाई तथा सम्मान् गरिएको छ ।

नेकपा एमाले उर्लाबारी नगर कमिटीले आज एक कार्यक्रमको आयोजना गरी सदस्य पदमा निर्वाचित उर्लाबारी ३ का वडा सदस्य ढकाललाई बधाई तथा सम्मान् ब्यक्त गरेको हो । ढकालले २२ मत ल्याएर जिसस सदस्यमा निर्वाचित हुनुभएको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, एमाले उर्लाबारी नगर इन्चार्ज उमाकान्त गौतम, नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले मन्तव्य राख्नुहुँदै ढकाललाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

उहाँहरुले स्थानीय तहको क्षमता विकास, अनुगमन तथा स्थानीय तहको प्राकृतिक स्रोतको अनुगमन गर्ने कार्यमा दृढताका साथ लाग्न सुझाब दिनुभएको थियो । कार्यक्रमको संचालन एमाले नगर सचिव गोपाल रिमालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्