बेरोजगार हुनुहुन्छ ? एनडी युनिसेक्स सैलुन उर्लाबारीमा सिप सिकेर व्यवसायिक बन्नुहोस्


उर्लाबारी । युवा तथा युवतीहरु अहिले पनि बेरोजगार भएर घरमै बस्न बाध्य छन् । सिपको अभावका कारण कयौँ युवायुवती बेरोजगार भएर बस्न बाध्य भएका हुन् । तर सामान्य खर्चमा पनि सिप सिकेर व्यवसायिक बन्न सकिन्छ । उर्लाबारीकी मिरा बस्नेतले हालसालै उर्लाबारी – ७ स्थित मिनी मार्केटमा एनडी युनिसेक्स सैलुन तथा व्युटीपार्लर ट्रेनिङ सेन्टर संचालनमा ल्याउनुभएको छ ।

बस्नेतले २० लाखभन्दा बढी लगानीमा एनडी युनिसेक्स सैलुन तथा व्युटीपार्लरसँगै ट्रेनिङ सेन्टर संचालनमा ल्याउनुभएको हो । बस्नेतले अहिले एउटै लक्ष्य रहेको बेरोजगार युवायुवतीलाई दक्ष बनाएर व्यवसायिक बनाउनु । सामान्य खर्चमा तालिम सिकेर व्यवसायिक बन्न सकिने बस्नेतको भनाई छ । उहाँले पथरी चोकमा पनि युनिसेक्स सैलुन तथा व्युटीपार्लर ट्रेनिङ सेन्टर संचालन गर्दै आउनुभएको छ । त्यहाँबाट सयौँले तालिम लिएर व्यवसायिक बनिसकेका छन् ।

अहिलेको समयमा दक्ष जनशक्तिको अभाव भएको र दक्ष जनशक्तिले जहाँ गएर पनि सेवा गर्न सक्ने भएकोले कम मूल्यमा गुणस्तरीय तालिम प्रदान गर्दै आएको उहाँले बताउनुभयो। युवाहरु देशमा रोजगार नपाएको बाहनामा बाहिरिएको समयमा बस्नेत भने देशमा धेरै सम्भावना भएको बताउनुहुन्छ । नेपालमै गर्न सके धेरै थोक छ । तालिम सिकेर गाउँघरमै पसल खोल्न सकिन्छ । घरखर्च चलाउनकै लागि विदेशिनु पर्ने बाध्यता हट्नेछ ।

शैलुन पार्लरको तालिम लिएर व्यवसायिक समेत बन्न सकिने र वैदेशिक रोजगारमा जाने चाहना हुँदा पनि सीप अनुसारको काम समेत पाइने भएकाले तालिम महत्वपूर्ण रहेको सञ्चालक बस्नेत बताउनुहुन्छ । सो ट्रेनिङ सेन्टरमा हेयर कट, बेसिक ब्युटिसियन, एडभान्स ब्युटिसियन, स्पेशल ब्युटिसियन, बेसिक मेकअप, प्रोफेसनल मेकअप, नेल आर्टस, स्पेशल मेहन्दी लगायतका कोर्ष ३० प्रतिशत डिस्काउन्टमा सिकाईरहेको संचालक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्