उर्लाबारी नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट के के भयो निर्णय ?


उर्लाबारी, २० जेठ । बैशाख ३० गते भएको निर्वाचनबाट नयाँ जनप्रतिनिधि निर्वाचित भएपश्चात उर्लाबारी नगरपालिकाको पहिलो कार्यपालिका बैठक आज बसेको छ ।

नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको आजको पहिलो कार्यपालिका बैठकले पहिलो निर्णयमै स्थानीय तह सदस्य निर्वाचन २०७९ मा आफ्नो मताधिकार प्रयोग गरी अमुल्य मत प्रदान गर्नुहुने सम्पुर्ण उर्लाबारी नगरबासी मतदाताहरु, निर्वाचन पक्रियामा सहयोग पुर्याउने कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पुर्ण नगरबासीमा धन्यवाद ब्यक्त गरेको छ ।

यस्तै स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित भई नगरपालिकामा ५ वर्षे कार्यकालमा सेवा प्रदान गर्नुहुने सम्पुर्ण पूर्व पदाधिकारीहरुलाई बैठकले सम्मान् प्रकट गर्दै कृतज्ञता समेत ब्यक्त गरेको छ । बैठकले नगर कार्यपालिकाको प्रबक्ताको रुपमा उर्लाबारी वडा नं. ३ का अध्यक्ष भिष्मराज बुढाथोकीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । कार्यपालिका बैठकले वडा नं. ३ को सामाजिक सुरक्षा भत्ता मंगलबारेको प्राइम कमर्सिलय बैँकबाटै वितरण गर्ने निर्णय गरेको छ । यस्तै बैठकले चालु आर्थिक वर्षमा वार्षिक विकाश कार्यक्रम अन्र्तगत बिपन्न नागरिकलाई धारा जडान, महशुल र पाइप खरिद समेतमा बिनियोजित ४० लाख बजेटलाई खण्डिकरण गरी खानेपानी धारा जडान र महसुल व्यवस्थापनका लागि १५ लाख र खानेपानी पाईप खदिरका लागि रु २५ लाख बजेट खर्च गर्ने निर्णय गरेको छ । यस्तै बैठकले आगामी आव २०७९/८० मा प्रदेश नं. १ सरकार समक्ष समपुरक अनुदान र विशेष अनुदानका लागि उर्लाबारी – ४ मलामी चौताराबाट वडा नं. ८ जोड्ने भानुमार्ग कालोपत्रका लागि र उर्लाबारी २ स्थित बेतिनी सिमसार व्यवस्थापनका बजेट माग गर्दै प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बिभिन्न विषयगत समिति समेत गठन गरेको छ । कार्यपालिका सदस्य कृष्णबहादुर बर्देवा संयोजक र सुनिल धिमाल, सिता बुढाथोकी र स्वास्थ्य शाखाका तोयानाथ घिमिरे, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका चन्द्रकला सुब्बा सदस्य र युवा तथा खेलकुद विकाश शाखाका अशोक घिमिरे सदस्य सचिव रहेको सामाजिक विकाश समिति गठन गरिएको छ । यसैगरी वडाध्यक्ष कुलबहादुर कार्की संयोजक र वडाध्यक्ष कुमार कँडेल, कार्यपालिका सदस्य सन्तकुमारी विश्वकर्मा सदस्य र इन्जिनियर रोशन उदास सदस्य सचिव रहनेगरी पूर्वाधार विकाश समिति गठन गरिएको छ ।

यस्तै वडाध्यक्ष रविन लामा संयोजक र वडाध्यक्ष कल्याणकुमार राई, कार्यपालिका सदस्य कल्पना कामी रोका, पशुपंक्षी विकाश शाखाका बद्रीप्रसाद भट्टराई सदस्य र कृषि विकाश शाखाका अम्बिकाप्रसाद लुईटेल सदस्य सचिव रहेको आर्थिक विकाश समिति गठन गरिएको छ । वडाध्यक्ष तिलककुमार पाण्डे संयोजक तथा वडा अध्यक्ष उर्मिला थापा, कार्यपालिका सदस्य कृष्णबहादुर बर्देवा सदस्य र प्रशासन उपशाखाका विकाश दाहाल सदस्य सचिव रहने गरी सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको छ ।

नगर प्रमुख गंगा खरेल संयोजक रहने वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको सदस्यमा वडा अध्यक्ष भिष्मराज बुढाथोकी र कार्यपालिका सदस्य मनमाया तामाङ तथा विपद् फोकल पर्सन भरत अधिकारीलाई सदस्य सचिवमा चयन गरिएको छ । उपप्रमुख मिनाकुमारी खतिवडा संयोजक रहने स्थानीय राजश्व परामर्श समितिको सदस्यमा प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारी, कार्यपालिका सदस्य कृष्णबहादुर बर्देवा, मनमाया तामाङ, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी र राजश्व शाखाका भरत अधिकारी रहनुभएको छ ।

नगर प्रमुख गंगाप्रसाद खरेल संयोजक रहेको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको सदस्यमा उपप्रमुख खतिवडा, वडाध्यक्ष उर्मिला थापा, तिलकुमार पाण्डे, कुलबहादुर कार्की, कार्यपालिका सदस्य डम्बरबहादुर भुजेल र प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारी रहनुभएको छ । यस्तै उपप्रमुख मिनाकुमारी खतिवडा संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको सदस्यमा सामाजिक विकाश समिती संयोजक कृष्णबहादुर बर्देवा, आर्थिक विकाश समिति संयोजक रविन लामा, पूर्वाधार विकाश समिति संयोजक कुलबहादुर कार्की, सुशासन तथा संस्थागत विकास समिति संयोजक तिलककुमार पाण्डे, प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारी तथा प्रशासन योजना तथा अनुगमन शाखाका मुरारीप्रसाद घिमिरे सदस्य सचिव रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्