उर्लाबारी – ३ को सामाजिक सुरक्षा भत्ता अब मंगलबारेबाटै


उर्लाबारी, २० जेठ । उर्लाबारी वडा नं. ३ को सामाजिक सुरक्षा भत्ता अब मंगलबारेमा रहेको प्राइम कमर्सिलय बैँकबाटै वितरण हुने भएको छ । यसअघि सो बैकबाटै भत्ता वितरण हुने गरेपनि केही महिना अघिबाट उर्लाबारी चोकको माछापुच्छ्रे बैँकबाट वितरण गरिएको थियो ।

नयाँ जनप्रतिनिधि निर्वाचित भएपश्चात नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको पहिलो कार्यपालिका बैठकले वडा नं. ३ को जेष्ठ नागरिक, अशक्त, एकल महिला लगायतको सामाजिक सुरक्षा भत्ता मंगलबारेको प्राइम कमर्सिलय बैँकबाटै वितरण हुने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

वडा नं. ३ का समाजिक सुरक्षा भत्ताका लाभग्राही भत्ता लिन उर्लाबारी चोकसम्म आउनुपर्ने समस्या अन्त्यका लागि मंगलबारेमा सो व्यवस्था मिलाईने निर्णय भएको उर्लाबारी ३ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रबक्ता भिष्मराज बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्