बुद्धको जहाजमा समस्या देखिएपछि यात्रु ओरालियो


१६ जेठ, काठमाडौं । सोमबार काठमाडौंबाट भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरोलिएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको हो ‘जहाज ‘ट्याक्सी वे’सम्म पुगेको थियो, समस्या पहिचान भएपछि ‘पार्किङ वे’मा फर्काइएको छ,’ स्रोतले भन्यो, ‘समस्या के थियो भन्ने खुलेको छैन । वे’मा फर्काएपछि जहाजबाट यात्रुलाई ओरालिएको छ ।’बुद्ध एयरका सूचना अधिकारीका अनुसार यात्रुलाई बुद्ध एयरकै अर्को जहाजमार्फत भद्रपुर पठाइसकिएको छ । यो खबर अनलाइन खबर ड्टकमबाट लियका हौ ।

प्रतिक्रिया दिनुहोस्