त्रियुगा नगरपालिका–१० मा ‘चिट्ठा’ बाट एमाले विजयी


उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१० काे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएकाे छ । वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुख र सूर्य चिह्नमा बराबरी मत (१०५३–१०५३) आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन चिट्ठा गरिएको हो । चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाश खड्का पराजित हुनुभएको छ । दुवै जनाबीच कडा प्रतिस्पर्धा चलिरहेकाेमा अन्तिममा मत बराबरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्